scheduleबुधवार आश्विन २९ गते, २०७६

प्रहरीले अभद्र व्यवहार नगर्ने शर्तमा ज्ञानेन्द्र शाहीलाई छाड्दै

काठमाडौं, ३० भदौ । प्रहरीले प्रहरी हिरासतमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्ने भएको छ । शाहीलाई अभद्र व्यवहार नगर्ने शर्तमा छाड्न लागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो ।

प्रहरीलाई नै अभद्र व्यवहार गरेको अभियोगमा आइतबार शाही पक्राउ परेका थिए । शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि सम्झाइ बुझाइ छाड्ने तयारी गरिएको हो ।

शाहीले आइतबार पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको थियो ।

विमानस्थलमा ढिला आएका कारण पर्यटनमन्त्री योगेश भट्टराईमाथि यात्रुहरु गाली गलौज गरेका थिए । उक्त घटनालाई लिएर शाहीले आइतबार पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, एक समूहले उनीमाथि हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको थियो । उनलाई हाल ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage