scheduleबिहिवार आश्विन ३० गते, २०७६

संसदीय समितिको काम सरकारलाई नियन्त्रण गर्ने होइन : सभामुख महरा

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिको काम सरकारलाई नियन्त्रणमा राख्ने नभएको बताएका छन् ।

सभामुख महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न समेत संसदीय समितिलाई निर्देशन दिएका छन् । सोमबार सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नगर्न सचेत गराएका हुन् । संसदीय समितिको काम सरकारको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको महराको भनाई छ ।

संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै महराले भने, ‘मलाई प्रधानमन्त्री आफैंले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौं न त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नु भयो।’

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई  नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराएका थिए।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage