scheduleमगलवार आश्विन २८ गते, २०७६

बन्द उद्योग पुन : सञ्चालन गर्ने तयारी गरिरहेका छौं : अर्थमन्त्री खतिवडा

काठमाडौं, ३० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक व्यवसाय विधेयकमार्फत् बन्द भएका उद्योग पुन: सञ्चालन गर्न लागिएको बताएका छन् ।

संघीय संसद्‌को राष्ट्रियसभाको बैठकमा औद्योगिक व्यवसाय विधयेक प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । औद्योगिक वातावरण सहज बनाउन, लगानी खुकुलो बनाउन र औद्योगिक प्रतिष्ठान खोल्न तथा बन्द गर्न सजिलो होस् भनेर नै उक्त विधेयक ल्याइएको उनको भनाइ छ ।

विधयेक ऐन बनेपछि औद्योगिक र व्यावसायिक वातावरणमा सहजता आउने अर्थमन्त्री खतिवडाले प्रस्ट पारे ।

औद्योगिक व्यवसाय विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रियसभामा प्रस्तुत गरिएको विधयेकमा संशोधनका लागि मंगलबार बेलुकीसम्मको समय तोकिएको छ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage