scheduleबिहिवार आश्विन ३० गते, २०७६

कोइरालाको हात भाँच्ने वडाध्यक्षविरुद्ध किटानी जाहेरी दर्ता, कांग्रेसले संसद अवरुद्ध नगर्ने

काठमाडौं, ३० भदौ । बाँके जिल्ला सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि सांघातिक हमला गरेको आरोपमा वडाध्यक्षविरुद्ध किटानी जाहेरी दर्ता भएको  छ ।

कोइरालासहित कांग्रेस कार्यकर्तामाथि सांघातिक हमला गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ल लगायतविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

आक्रमणमा संलग्नविरुद्ध किटानी जाहेरी दर्ता भएसँगै सोमबार ३ बजे बस्न लागेको संसद बैठक अवरुद्ध नगर्ने नेपाली कांग्रेसले जनाएको छ ।आइतबार साझ बाँके प्रहरीले वडाध्यक्षलगायत विरुद्ध दिएको किटानरी जारी दर्ता गरेकोले आजको संसद बैठक कांग्रेसले अवरोध नगर्ने भएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार बाँके घटनालाई लिएर प्रतिनिधि र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको थियो । दोषीमाथि तत्काल कारबाहीको माग गर्दै बैठक अवरुद्ध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

गत बिहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले सांघातिक हमला गरेका थिए । हमलामा परी जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage