scheduleसोमवार जेष्ठ १९ गते, २०७७

तेल प्रशोधन केन्द्रमा इरानले हमला गरेको अमेरिकी दाबी

एजेन्सी, ३० भदौ ।  अमेरिकाले साउदी अरबका दुईवटा तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानको हात रहेको बताएको छ ।

अमेरिकाले शनिबार साउदी अरबको अमार्को तेल कम्पनीमा क्षति पुग्ने गरी भएको आक्रमणमा इरानको भूमिका रहेको भन्दै स्याटलाट तस्बिर समेत सार्वजनिक गरेको छ । उक्त हमलामा इरानको हात रहेको र यसबारे तथ्य आफूसँग सुरक्षित रहेको अमेरिकाको दाबी छ ।

Dish_Home

अमेरिकी सञ्चारमाध्यमहरुले एकजना अमेरिकी अधिकारीलाई उदृत गर्दै आक्रमणकारी ड्रोन इरान वा इराकबाट आएको उल्लेख छ । तर इरानले भने ड्रोन हमलामा आफ्नो कुनै हात नरहेको बताएको छ ।

ड्रोन हमलाको जिम्मा यमनका हुथी विद्रोहीले लिएका छन् । तर हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएपनि अमेरिकाले त्यस्तो दाबीलाई अस्वीकार गरिरहेको छ ।

हुथीले भनेजस्तै दश वटा ड्रोनले १९ वटा ठाउँमा आक्रमण गर्न नसक्ने ठहर समेत गरिएको छ । ‘यो अन्य कुनै स्थानबाट नभई इरान वा इराकबाट भएको हुनुपर्छ’, एकजना वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै सीएनएनले लेखेको छ, ‘१९ वटासम्मको यस्तो आक्रमण दश वटा ड्रोनबाट सम्भव हुँदैन ।’

स्याटलाइन तस्बिर समेत बनाएर आक्रमणबारे अध्ययन गरिएको छ । जसबाट यमनबाट आक्रमण हुन नसक्ने दिशा रहेको देखिएको उल्लेख छ । त्यसबाट ड्रोन इरान वा इराकबाट आएको हुनसक्ने उल्लेख छ ।

त्यस्तै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणलगत्तै मध्य पूर्वमा थप तनाव बढ्ने चिन्ता समेत गरिएको छ । यता अधिराज कुमार सलमानले आफ्नो देशमा हुने कुनै पनि आक्रमणको कडा जवाफ दिन आफूहरु तयार रहेको बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय