scheduleबिहिवार आश्विन ३० गते, २०७६

कांग्रेसले अवरुद्ध गरेपछि संसद बैठक असोज १ गतेसम्मका लागि स्थगित

काठमाडौं, ३० भदौ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सोमबार समेत अवरुद्ध गरेपछि बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका सांसदहरुले बैठकमा नाराबाजी गरेपछि सभामुख कृष्ण बहादुर महराले असोज १ गते बुधबार ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरिएको घोषणा गरेका हुन् ।

यसअघि कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि सांघातिक हमला गरेको आरोपमा वडाध्यक्षविरुद्ध किटानी जाहेरी दर्ता भएपछि कांग्रेसले सदन अवरोध नगर्ने बताएको थियो । तर नेकपाका सांसदले वडाध्यक्षमाथि कारबाही स्वीकार्य नहुने बताएपछि नेपाली कांग्रेस रुष्ट बनेको हो ।

यसअघि आइतबार र सोमबार समेत नेपाली कांग्रेसले आइतबार बाँके घटनालाई लिएर प्रतिनिधि र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको थियो । दोषीमाथि तत्काल कारबाहीको माग गर्दै बैठक अवरुद्ध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले आज सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage