scheduleमगलवार आश्विन २८ गते, २०७६

सिरिया संकटबारे छलफल गर्न रुस र इरानका राष्ट्रपति टर्कीमा

एजेन्सी, ३० भदौ । सिरिया संकटबारे छलफल गर्नका लागि रुस, इरान र टर्कीका राष्ट्रपति अंकारामा सोमबार छलफल गर्दैछन् ।

त्रिपक्षीय छलफलमा युद्धले क्षतविक्षत भएको सिरियाको पछिल्लो अवस्थाबारे विमर्श हुने टर्कीका राष्ट्रपति रिसेप टाइव एर्दोगानले बताएका छन् । छलफलमा इरानी राष्ट्रपति हसन रोहानी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एर्दोगानले कुराकानी गर्नेछन् ।

यस क्रममा तीनै मुलुकका राष्ट्रपतिबीच एक्लाएक्लै छलफल हुने समेत उनको भनाइ छ ।

सिरियामा रुस, इरान र टर्कीका आ-आफ्नै स्वार्थ र चासो देखिन्छन् । सिरियाली युद्वमा राष्ट्रपति बसर अल असदलाई इरान र रुसले सैन्य सहयोग गर्दै आएको छ । यता विद्रोहीलाई भने टर्कीले सघाइरहेको छ ।

पछिल्लो समय सिरियाको इद‍लिब प्रान्तबाट विद्रोहीलाई हटाउनका लागि मस्कोको सहयोगमा सिरियाली सेनाले कारबाही अगाडि बढाएको छ ।

युद्धका क्रममा असद सरकार बलियो बन्दै गएपछि टर्कीले समेत आफ्नो प्राथमिकता बदलेको छ । टर्कीले यतिबेला इदलिबबाट विस्थापित हुन सक्ने शरणार्थीलाई केन्द्रमा राखेर रोहानी र पुटिनसँग छलफल गर्ने समाचार माध्यमले जनाएका छन् ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage