scheduleबिहिवार आश्विन ३० गते, २०७६

नेपाल आइडल सिजन-३ घोषणा, भोलिदेखि सुरु हुने अडिसनमा यसरी सहभागी बन्न सकिन्छ

काठमाडौं, ३० भदौ । ‘नेपाल आइडल’ को तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् ।

एपी वान एचडीबाट प्रसारण हुँदै आएको गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करणका लागि अडिसन तालिकाको घोषणा भएको हो। पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी गरिएको आयोजकले जनाएका छन् ।

नेपाल आइडलको तेस्रो संस्करणका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुँदैछ। अडिसन मंगलबार पोखरादेखि सुरु हुने छ । मंगलबार पोखराको सिमालचौरस्थित जनप्रिय माविमा अडिसन हुनेछ।

साथै बुटवलमा ३ असोज, नेपालगञ्जमा ६ असोज, वीरगन्जमा १० असोज र विर्तामोडमा १४ असोजमा अडिसन हुने आयोजकले जानकारी दिएका छन् । त्यस्तै अडिसन कात्तिक ६ गते काडमाडौंबाट टुंगिने छ।

नेपाल आइडल सिजन ३ को निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन्। अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए।

यसरी सहभागी हुन सकिन्छ नेपाल आइडलमा

नेपाल आइडलमा सहभागी हुँदा कुनै शुल्क तिर्नु पर्दैन । सहभागी हुनका लागि सबैभन्दा पहिला फाराम भर्नुपर्छ ।अडिसनमा सहभागी हुन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको फोटोकपी पेस गर्नुपर्ने छ। अडिसन बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था आयोजक संस्थाले जनाएको छ। सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत नेपाल आइडलमा भाग लिन सक्नेछन्।

नेपाली टेलिभिजन इतिहासमा नै सबैभन्दा लोकप्रिय बनेको गायन शोका लागि १६ देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउनेछन्।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage