scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

मिडियामा सक्षम जनशक्तिका लागि सेफर्ड कलेज र एडुसञ्जालबीच सहकार्य


काठमाडौं, ३० भदौ । सेफर्ड कलेज र एडुसञ्जाल मिडियाबीच एक समझदारी भएको छ । समझदारीपत्रमा सेफर्ड कलेजका डाइरेक्टर तरुणप्रताप साह र एडु सञ्जालका बिजनेस डेभपलमेन्ट मेनेजर राजन कोइरालाले हस्ताक्षर गरेका छन् ।

मिडिया प्रविधिसम्बन्धी शिक्षा दिने मुलुककै एक मात्र कलेज सेफर्डले विद्यार्थीमा व्यावहारिक ज्ञान बढाउने उद्देश्यले एडुसञ्जालसँग समझदारी गरेको जनाएको छ ।
समझदारी अनुसार एडुसञ्जाल मिडिया प्रालिबाट सिफारिस भई बिएमटी र एमएमटी कार्यक्रमका लागि आउने विद्यार्थीलाई सेफर्डले सहुलियत छात्रवृत्ति उपलब्ध गराउने छ ।

एडुसञ्जालले आफूलाई आवश्यक पर्ने प्रशिक्षार्थी सेफर्डका विद्यार्थीबाट छानेर लिनेछ । त्यसरी छानिने प्रशिक्षार्थीलाई एडुसञ्जालले पारिश्रमिक समेत उपलब्ध गराउने सर्त समझदारी पत्रमा छ ।

इन्टर्न छनोट गर्दा एडुसञ्जालले सेफर्ड कलेजका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनेछ । त्यसैगरी, एडुसञ्जाल र यसका सदस्यहरुलाई सेफर्डले बेलाबेलामा अतिथि वक्ताको रुपमा कलेज बोलाएर उनीहरुको ज्ञान, अनुभव, यस उद्योगसँग सम्बन्धित विविध जानकारी एवं चुनौतीबारे प्रवचन दिन लगाउनेछ । यो समझदारी दुई वर्षका लागि गरिएको हो ।

सेफर्डले मिडिया उद्योगलाई आवश्यक पर्ने प्राविधिक र व्यावहारिक ज्ञानसहितको जनशक्ति तयार गरिरहेको जनाएको छ । यो सहकार्यले मिडिया उद्योगका लागि सक्षम जनशक्ति उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ । यस्तो सीपले सेफर्डका ग्राजुएटलाई रोजगारी प्राप्त गर्न सजिलो हुनेछ ।

सेफर्ड कलेज सञ्चार प्रविधिसम्बन्धी शिक्षा दिन २००२ मा स्थापित शैक्षिक संस्था हो, जसले सञ्चार क्षेत्रका लागि योग्य प्राज्ञिक, प्राविधिक र व्यावहारिक ज्ञानयुक्त जनशक्ति उत्पादन गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेफर्ड कजेलमा ब्याचलर्स अफ मिडिया टेक्नोलोजी (बिएमटी) र मास्टर्स अफ मिडिया टेक्नोलोजी (एमएमटी) नाममा क्रमशः स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालनमा छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage