फिल्म ‘डेबिल’मा रनवीर कपुर
काठमाडौँ, ३१ भदौ । फिल्म कबिर सिंहका निर्देशक सन्दिप भाग्नाले बलिउडका स्टार अभिनेता रनवीर कपुरलाई लिएर फिल्म निर्माण गर्ने भएका छन् ।
उनले फिल्म डेबिलका लागि उनलाई छनोट गरेको बताइएको छ ।
पहिलो अर्जुन रेड्डी र कबिर सिंह फिल्म निर्माण गरेर एकाएक चर्चामा आएका निर्देशकले डेबिल थ्रिलर फिल्म भएको बताएका छन् ।
यसअघि यो फिल्म महेश बाबुलाई अफर गरिएको बताइएको थियो ।
उनले यस फिल्म के कारणले गरेनन् त्यसबारे भने कुनै पनि टिप्पणी बाहिर आएको छैन ।