scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता


काठमाडौं, ३० भदौ । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हिजोका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएपछि आज हुन लागेको हो ।

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको फाईनल खेल आज दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । सोमबार खेल स्थगित हुनु अघि दुवै टिमले समान १–१ सेट जितेका थिए । पहिलो सेट आर्मीले २५–२३ र दोस्रो सेट पुलिसले २५–२० ले जितेको थियो ।

तेस्रो सेटमा पुलिस २३–१९ ले अगाडी रहेको अवस्थामा पानीले खेल प्रभावित बनेको थियो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage