scheduleबुधवार आश्विन २९ गते, २०७६

अमेरिकी सेनाले तत्काल सिरियाली भूमि छोड्नुपर्छ :इरानी राष्ट्रपति

एजेन्सी, ३१ भदौ । इरानी राष्ट्रपति हसन रोहानीले अमेरिकी सेना सिरियाबाट तत्काल हट्नुपर्ने बताएका छन् ।

अमेरिकी सेनाको उपस्थितिका कारण सिरियाको भौगोलिक अखण्डता र सार्वभौमसत्ता जोखिममा परेको भन्दै राष्ट्रपति रोहानीले यस्तो बताएका हुन् ।

‘सिरियाली भूमिमा अमेरिकी सेनाको अवैध उपस्थितिले संयुक्त राष्ट्रसंघको सदस्य समेत रहेको सिरियाको भौगोलिक अखण्डता र सार्वभौमसत्ता जोखिममा परिरहेको छ’, सोमबार टर्कीका राष्ट्रपति रिसेप ताइब एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अंकारामा भएको छलफलमा रोहानीले भने ।

‘युफ्रेटस नदीको पूर्वी र उत्तरी क्षेत्रमा सिरियाली सरकारको सार्वभौमसत्ता स्थापना गर्नका लागि अमेरिकी सेनाले उक्त क्षेत्र तत्काल छोड्नुपर्छ’, रोहानीले थपे ।

त्यस्तै राष्ट्रपति रोहानीले हालै इजरायलले सिरिया, इराक र लेबनानमा गरेको हवाइ आक्रमणको समेत निन्दा गरेका छन् । ‘मध्यपूर्वका मुलुकमाथि इजरायलले गरिरहेका यस्ता आक्रमण उक्साहटपूर्ण र अवैध छन्’, उनले भने, ‘इजरायली आक्रमणका कारण मध्यपूर्वमा थप तनाव र द्वन्द्व चर्किन सक्छ ।’

अंकारामा सिरियाली संकटबारे रोहानी, पुटिन र एर्दोगानले सोमबार छलफल गरेका थिए । उक्त छलफलमा सिरिया संकटलाई शान्तिपूर्व तवरले समाधान गर्नेबारे त्रिपक्षीय कुराकानी भएको थियो । सो अवसरमा सिरियामा जारी आतंकवादविरुद्धको लडाइँ, संयुक्त राष्ट्रसंघको समर्थनमा सवैधानिक समिति गठन, शरणार्थी फिर्ता, मानवीय सहायताको सहजीकरण र सिरियाको पुनर्निर्माणबारे विस्तृतमा छलफल भएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage