scheduleसोमवार जेष्ठ १९ गते, २०७७

इरान र अमेरिकाबीच युद्ध नहोस् भन्ने मेरो चाहना छ : राष्ट्रपति ट्रम्प

एजेन्सी, ३१ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आफूले युद्ध गर्न नचाहेको बताएका छन् ।

सोमबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । साउदी तेल प्रशोधन केन्द्रमा शनिबार भएको ड्रोन हमलामा इरानको हात हुन सक्ने समेत ट्रम्पको भनाइ छ । तर यही कारणले इरान र अमेरिकाबीच युद्धको संभावना कम रहेको उनको भनाइ छ ।

Dish_Home

‘साउदी तेल प्रशोधन केन्द्रमा इरानले नै हमला गरेको जस्तो देखिन्छ’, ट्रम्पले भने, ‘तर उक्त आक्रमण इरानले नै गरेको हो भन्ने प्रमाण फेला परिसकेको छैन, त्यसैले हामीले भरपर्दो प्रमाण खोजिरहेका छौं ।’

अमार्को तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलाबारे अमेरिकाले प्रमाणहरु संकलन गरिरहेको समेत ट्रम्पले बताए । ‘केही दिनमा नै यसबारे भरपर्दो र विस्तृत विवरण संकलन गर्ने छौं’, ट्रम्पले भने ।

तर उक्त ड्रोन हमलामा इरानको हात रहेको भएता पनि अमेरिका र इरानबीच तत्काल युद्धको संभावना कम रहेको समेत ट्रम्पले प्रस्ट पारे । ‘ड्रोन हमलामा इरानले हात हुन सक्छ तर यही कारणले हामीले इरानसँग युद्ध गर्न चाहदैनौ’, उनले भने, ‘अमेरिका कसैसँग पनि युद्ध गर्न चाहदैन तर इरानले युद्ध चाहेको हो भने हामी तयार छौं ।’

शनिबार अमार्को तेल कम्पनीका २ वटा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलापछि साउदी अरबले आफ्नो तेल उत्पादनमा ५० प्रतिशतले कटौती गरेको छ । उक्त घटनापछि विश्व बजारमा तेलको मूल्य २० प्रतिशतसम्म बढेको छ ।

यता साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणलगत्तै मध्य पूर्वमा युद्धको बादल मडारिरहेको छ । साउदी अधिराज कुमार मोहम्मद बिन सलमानले उक्त आक्रमणको कडा जवाफ दिने बताइसकेका छन् ।

यता इरानी सैन्य कमाण्डरहरुले आफूहरु युद्धका लागि पूर्णरुपमा तयार रहेको बताइसकेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय