scheduleबुधवार आश्विन २९ गते, २०७६

जम्मू-काश्मीरमा विकास, समृद्धि र समानताको नयाँ युग हुन्छ : नरेन्द्र मोदी

काठमाडौं, ३१ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरका नागरिक ७ दशकदेखि भेदभावको चपेटामा परेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार १ ट्विट गर्दै यस्तो बताएका हुन् । जम्मू-कश्मीर र  लद्दाखका मानिसले ७० वर्षदेखि भेदभावको सामना गरिरहेको र र भेदभावका कारण पूरा भारतले हिंसा र निराशाको दुष्परिणाम भोगिरहेको मोदीको भनाइ छ ।

‘जम्मू-कश्मीर र लद्दाखका मानिसले ७० वर्षदेखि भेदभावको सामना गरिरहेका छन्’, मोदीले आफ्नो ट्विटमा लेखेका छन्, ‘ र यसको दुष्परिणाम हिंसा, निराशा(अलगाव), अधुरा आशा र आकांक्षाको रुपमा पूरा देशले भोगिरहेको छ ।

 

केही समयअघि प्रधानमन्त्री मोदीले जम्मू-कश्मीरमा विकास, समृद्धि र समानताको नयाँ युग सुरु हुने बताइसकेका छन् ।

गत अगस्टमा भारत सरकारले जम्मू कश्मीरलाई दिँइदै आएको विशेषाधिकार खारेज गरेको थियो । जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको अनुच्छेद ३७० खारेजीसँगै अनुच्छेद ३५–ए पनि अन्त्य भएको थियो । मोदी सरकारको घोषणाले जम्मू-कश्मीरलाई केन्द्रशासित २ वटा प्रदेशमा विभाजन गरेको छ ।

मोदी सरकारले चुनावताका गरेको प्रतिबद्धता अनुसार नै उक्त कदम चालेको हो । जम्मू-कश्मीरमा समृद्धि र विकासको नयाँ ढोका खोल्नका लागि अनुच्छेद ३७० खारेज गरिएको भाजपा नेताहरुले बताउँदै आएका छन् ।

नयाँ जम्मू-कश्मीरमा समृद्धि र विकासको ढोका खोल्नका लागि मोदी सरकारले केही समयभित्र नै विशेष आर्थिक प्याकेज ल्याउने तयारी गरिरहेको छ । उक्त क्षेत्रमा व्यापक लगानी भित्र्याउने र आर्थिक-सामाजिक विकासको मूल फुटाउने उद्देश्यले भाजपा सरकारले यस्तो योजना ल्याउन लागेको हो ।

तर मोदी सरकारको सोही कदमले पाकिस्तान र भारतबीचको तनाव थप चर्किएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage