scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

स्वास्थ्य चौकीको सोलार वडाध्यक्षको घरमा…

ओखलढुंगा, ३१ भदौ । सुनकोशी गाउँपालिका-१ का वडाध्यक्षले स्वास्थ्य चौकीको सोलार आफ्नो घरमा लगेर प्रयोग गरेको पाइएको छ ।

सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष दिपहरी राईले ईलाका स्वस्थ्य चौकी बलखुको बर्थिङ्ग सेन्टरको सोलार प्यानल आफ्नो घरमा लगेर प्रयोग गरेको भेट्टिएको हो ।

Dish_Home

स्वास्थ्य चौकीका अनुसार २ सय वाटको उक्त सोलार प्यानल अध्यक्ष राईले तीन महिनादेखि प्रयोग गर्दै आएका छन् । राईले स्वास्थ्य व्यवस्थापन समितिका अन्य सदस्यलाई जानकारी नदिइकन सोलार घरमा लगेर प्रयोग गरेको स्वास्थ्य चौकी श्रोतले जनाएको छ।

स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका वडाध्यक्ष राईले स्वास्थ्य चौकीबाट आफु खुसी सोलार घरमा लगेर प्रयोग समितिका एक सदस्यले बताएका छन्।

वडाध्यक्षलाई सोलार प्रयोग गर्न दिने वा नदिने भनेर समितिमा कुनै निर्णय नै नभएको स्वास्थ्य चौकीले जनाएको छ । राईले बर्थिङ्ग सेन्टरको मर्मत गर्ने क्रममा तार छुट्याइएर राखिएको सोलार स्वास्थ्य चौकीको छानोबाट निकालेर अध्यक्षले लगेका थिए ।

उक्त सोलार स्वास्थ्य चौकीमा बत्ति बाल्नका लागि प्रयोग गरिएको थियो। राईले घरमा लगेर सोलार प्यानल प्रयोग गरेपछि बर्थिङ्ग सेन्टरमा बिजुलीको अभाव देखिएको छ ।

तर वडाध्यक्ष राईले भने आफ्नो घरको सोलारको ब्याट्री ‘लो’ भएपछि स्वास्थ्य चौकीको सोलार लगेको बताएका छन् । चाँडै नै उक्त सोलार प्यानल फर्काउने समेत उनको भनाइ छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय