scheduleबुधवार आश्विन २९ गते, २०७६

युईएफए च्याम्पियन लिग आजबाट सुरु हुँदै: यस्तो छ समूह विभाजन र खेल तालिका

एजेन्सी, ३१ भदौ । युईएफए च्याम्पियन्स लिग आजदेखि सुरु हुँदैछ । यो लिगलाई विश्वकै सर्वाधिक लोकप्रिय लिग मानिन्छ ।

यस पटकको प्रतियोगितका लागि युरोपका विभिन्न देशबाट शीर्ष ३२ टोलीहरु छनोट भएका छन् । च्याम्पियन लिगको समूह ‘ए’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), रियल म्याड्रिड, क्लब ब्रुज र गालाटासारे परेका छन् भने समूह ‘बि’मा बायर्न म्युनिख, टोटेनहम हट्सपर, ओलम्पियाकोस, रेड स्टार बेलग्रेड (सेर्भेन जेभेद्जा) छन् ।

समूह ‘सी’मा म्यानचेस्टर सिटी, शाख्तार डोनेस्क, डिनामो जाग्रेब र एटलान्टा छन् भने  समूह ‘डी’मा युभेन्टस, एटलेटिको म्याड्रिड, बायर लेभरकुसन र लोकोमोटीभ मस्को छन् ।

त्यस्तै समूह ‘ई’मा  लिभरपुल, नेपोली, एफसी साल्जबर्ग, गेन्क र समूह ‘एफ’मा बार्सिलोना, बोरुसिया डर्टमुन्ड, इन्टर मिलान, स्लाभिया प्राहा परेका छन् ।यता समूह ‘जी’मा जेनिट सेन्ट पिटर्सबर्ग, बेन्फिका, ओलम्पिक लियोन, आरबी लाइप्जिग र समूह ‘एच’ मा चेल्सी, आयाक्स, भ्यालेन्सिया र लोस्क लिल छन् ।

नेपाली समयानुसार पहिलो साताको खेल तालिका यस्तो छ :

मंगलबार रातको १०:४० बजे – समूह एफ – मिलान – इन्टर मिलान विरुद्ध स्लाभिया प्राहा

मंगलबार रातको १०:४० बजे – समूह जी – डेसिनेस – लियोन विरुद्ध जेनिट

बुधबार विहान १२:४५ बजे – समुह ई – नेपल्स – नेपोली विरुद्ध लिभरपुल

बुधबार विहान १२:४५ बजे – समुह ई – साल्जबर्ग – साल्ज्बर्ग विरुद्ध जेन्क

बुधबार विहान १२:४५ बजे – समुह एफ – डर्टमुन्ड – बोरुसिया डर्टमुन्ड विरुद्ध बार्सिलोना

बुधबार विहान १२:४५ बजे – समुह जी –  लिस्बन – बेन्फिका विरुद्ध लाइप्जिग

बुधबार विहान १२:४५ बजे – समुह एच – लन्डन – चेल्सी विरुद्ध भ्यालेन्सिया

बुधबार विहान १२:४५ बजे – समुह एच – आम्सटरडाम- आयाक्स विरुद्ध लोस्क लिल

बुधबार राती १०:४० बजे – समुह ए – ब्रुजेस – क्लब ब्रुज विरुद्ध गालाटासरे

बुधबार राती १०:४० बजे – समुह बी –  पिराएस -ओलाम्पियाकोस विरुद्ध टोटेनहम

बिहिबार विहान १२:४५ बजे – समूह ए – पेरिस – पीएसजी विरुद्ध रियल म्याड्रिड

बिहिबार विहान १२:४५ बजे – समूह बी – म्युनिख – बायर्न म्युनिख विरुद्ध रेड स्टार बेलग्रेड

बिहिबार विहान १२:४५ बजे – समूह सी – जाग्रेब – डिनामो जाग्रेब विरुद्ध एटलान्टा

बिहिबार विहान १२:४५ बजे – समूह सी – खार्किभ – शाख्तर डोनेस्क विरुद्ध म्यानचेस्टर सिटी

बिहिबार विहान १२:४५ बजे – समूह डी – लेभरकुसेन – लेभरकुसेन विरुद्ध लोकोमोटिभ मस्को

बिहिबार विहान १२:४५ बजे – समूह डी – म्याड्रिड – एटलेटिको म्याड्रिड विरुद्ध युभेन्टस

यस सिजन लिभरपुलसँगै इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी, स्पेनिस महारथी रियल म्याड्रिड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनालाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । रियल र पीएसजी एकै समूहमा परेकाले समूह चरणदेखि नै यस पटकको प्रतियोगिता निकै रोमाञ्चक हुने देखिएको छ ।

गत सिजनमा लिभरपुलले टोटेनहम हट्स्परलाई फाइनलमा २-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage