scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले


काठमाडौं, ३१ भदौ । गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् ।

गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडा केही नभएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन् ‘म पीडामा छैन किनकी तपाइँहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाइँहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस् । म सदा तपाइँहरुकै काखमा लुट्पुटिने मान्छे ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage