scheduleमगलवार आश्विन २८ गते, २०७६

चुनावी र्‍यालीमा बम विस्फोट हुँदा २४ जनाको मृत्यु

एजेन्सी, ३१ भदौ । अफगानिस्तानमा भएको बम विस्फोटमा परी कम्तिमा पनि २४ जनाको मृत्यु भएको छ ।

मंगलबार एक चुनावी र्‍यालीमा भएको बम विष्फोटमा कम्तिमा २४ जनाको मृत्यु भएको र ३१ जना घाइते भएको समाचार माध्यमले जनाएका छन् ।

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा परवान प्रदेशमा भएको चुनावी र्‍यालीमा उक्त बम विस्फोट भएको हो । चुनावी र्‍यालीलाई अफगान राष्ट्रपति अशरफ घनीले सम्बोधन गर्ने कार्यक्रम थियो। विस्फोटको समयमा घनी र्‍यालीमा पुगिसकेका थिए । तर उनी सरक्षित रहेको सञ्चारमाध्यमले जनाएका छन्।

आत्मघाती हमलाकारीले बम विस्फोट गराउँदा उक्त हताहती भएको अनुमान गरिएको छ। त्यस्तै काबुलमै भएको अर्को एक बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ।

हालसम्म दुबै दुबै विष्फोटको जिम्मा कुनै समूहले पनि लिएको छैन । तालिबानले आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनाव विथोल्ने घोषणा गरेको छ।

यसपटकको चुनावमा वर्तमान राष्ट्रपति अशरफ घनीले लगातार दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन्।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage