scheduleमगलवार आश्विन २८ गते, २०७६

राष्ट्र बैंकले असोज १० गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि दसैं र तिहारका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ ।

दसैंका लागि नयाँ नोट वितरणको आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने भएपनि कुनकुन बैङ्कबाट नयाँ नोट वितरण गर्ने भनेर निर्णय भइनसकेको जनाएको छ ।

यस वर्ष दसैंका लागि भनेर १३ देखि १४ अर्व बराबरका नयाँ नोट वितरण गरिने समेत राष्ट्र बैङ्कले जनाएको छ । यस क्रममा २ अर्व बराबरका खुद्रा नोट वितरण गरिनेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage