scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

प्रदेश २ नेकपामा भाँडभैलो, महासेठ र साहविरुद्ध १६ जनाले ज्ञापनपत्र बुझाए

काठमाडौं, ३१ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर २ मा देखिएको विवाद थप चर्किँदै गएको छ ।

यसै क्रममा मंगलबार नेकपाका १६ जना केन्द्रीय सदस्यले रघुवीर महासेठ, सत्य नारायण मण्डल र प्रभु साहलाई पार्टीबाट निष्कासन गर्न भन्दै ज्ञापन पत्र बुझाएका छन् । विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गर्नेको भन्दै महासेठ, मण्डल र साहलाई कारबाही गरी पार्टीबाट निष्कासन गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ, प्रदेश नम्बर २ का इन्चार्ज मण्डल,अध्यक्ष प्रभु साह लगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै नेकपाका १६ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत कार्य गरेको आरोप लगाउँदै उनीहरुले महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने माग गरेका छन्। प्रदेश नम्बर दुईको प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ।

तीनै जनाविरुद्ध कारबाहीको माग गरी ज्ञापन पत्र बुझाउनेमा प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका हुन्।

त्यस्तै नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरेकोले प्रदेश नम्बर २ का सह–इन्चार्ज विश्वनाथ शाह र सचिव सुमन प्याकुरेललाई समेत पदमुक्त गरी कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

ज्ञापनपत्रमा केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठालगायतले हस्ताक्षर गरेका छन् ।

त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरीत प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र योग्यता पुगेकाहरुलाई मनोनयन गरेर सपथ ग्रहण गराउनु पर्ने माग उठाएका छन्।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage