scheduleबुधवार आश्विन २९ गते, २०७६

सञ्चय कोष भन्छ- वाइडबडी खरिदमा दिएको ऋण सुरक्षित छ


काठमाडौं, ३१ भदौ । नेपाल वायुसेवा निगमलाई जहाज खरिदमा दिएको ऋण सुरक्षित रहेको कर्मचारी सञ्चय कोषल जनाएको छ । कोषको ५८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कोषका प्रमुख प्रशासक तुलसी गौतमले नेपाल वायुसेवा निगमलाई दिइएको ऋण पूर्ण सुरक्षित रहेको दाबी गरे ।

प्रतिनिधिसभाको अन्तरराष्ट्रिय समिति अन्तर्गतको उपसमितिले जहाज खरिदमा कोषले गैरजिम्मेवारी पूर्ण ढङ्गबाट लगानी गरेका कारण जनताको लगानी जोखिममा रहेको प्रतिवेदन केही दिनअघि बुझाएको थियो । जहाज किनेको एक वर्षभन्दा बढी समय हुँदासमेत कोषले अझै ब्याज तथा किस्ता पाएको छैन ।

कोषले वाइडबडी जहाज खरिदमा १२ अर्ब रुपैयाँ लगानी गरेको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage