scheduleमगलवार आश्विन २८ गते, २०७६

साफ १८ वर्ष मुनि खेल्ने नेपाली टोलीको घोषणा


काठमाडौं, ३१ भदौ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ १८ वर्ष मुनिको च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज दोस्रो चरणमा रहेका २५ खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ नेपाली टोलीको अन्तिम छनोटबाट बाहिरिएका छन् । साफ १८ वर्ष मुनिको फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ ।

सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage