scheduleबिहिवार आश्विन ३० गते, २०७६

मनमोहनको नाममा सत्तापक्ष र प्रतिपक्ष विवादमा, बैठक नै स्थगित


काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठकमा स्थगित भएको छ । सामाजिक विकास समितिबाट पारित भएको मनमोहन विश्वविद्यालयको विधेयक सदनको कार्यसूचीबाट हटाउनुपर्ने माग गर्दै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठक सुरु भएलगत्तै काँग्रेस सांसदले आ-आफ्नो कुर्सीबाट उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुखले काँग्रेस प्रमुख सचेतक केदार कार्कीलाई समय उपलब्ध गराएका थिए । कार्कीले सामाजिक विकास समितिबाट पारित भएको मनमोहन विश्वविद्यालयको विधेयक सदनको कार्यसूचीबाट हटाउनुपर्ने र नहटेसम्म संसद बैठक चल्न नदिने बताएका थिए ।

पहिलो पटक स्थगित भएर २० मिनेटपछि पुनः सुरु बैठकमा पनि कांग्रेसका सांसदले विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गरे । विधेयक फिर्ता गरेर विस्तृतमा ल्याउनुपर्ने काँग्रेसको माग छ । मनमोहन विराटनगरकै राजीनीति अगुवा नेता भएकाले उनको साखलाई उचो बनाउन पनि विधेयक महत्वपूर्ण भएको र विस्तृत रुपमा ल्याउनुपर्ने काँग्रेस प्रमुख सचेतक कार्कीको भनाई छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage