scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै

काठमाडौँ, १ असोज ।  चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् ।

स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण पूर्व चिनियाँ उच्च अधिकारीको भ्रमणले निरन्तरता पाएकोे छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लागेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणमा चिनियाँ काउन्सिलर सोङ थाओ नेपाल आउन लागेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रवक्ता हू चाओ मिङले सोङ थाइल्याण्ड, इन्डिोनेसिया र नेपाल भ्रमणमा निस्केको अन्तर्राष्ट्रिय समाचार माध्यमलाई जानकारी दिएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage