scheduleसोमवार जेष्ठ १९ गते, २०७७

च्याम्पियन्स लिगः बार्सिलोना पराजित हुनबाट जोगियो, मेस्सीको प्रभाव कमजोर

काठमाडौँ, १ असोज । च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा बार्सिलोनालाई बोरुसिया डर्टमण्डले गोल रहित बराबरीमा रोक्न सफल भएको छ ।

डोर्टमण्डको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेका थिए । तर, गोल गर्न भने सकेनन् ।

Dish_Home

डोर्टमण्डले पेनाल्टीमार्फत गोल गर्ने अवसर चुकाउन पुग्यो । मार्को रिउस पेनाल्टीमार्फत गोल गर्न चुके । बार्सिलोनाका लागि सानदार खेल प्रदर्शन गर्दै आइरहेका मार्क आन्द्रे टेर स्टेगनले एक अंक जोड्न अहम भुमिका खेले ।

लियोनल मेस्सीले भने बेन्चबाट नयाँ सिजनको सुरुवात गरे । मेस्सीले खेलमा खासै प्रभाव जमाउन सकेनन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय