scheduleआइतवार कार्तिक ३ गते, २०७६

विज्ञान र प्रविधिलाई मानव कल्याणसँग जोड्नुपर्छ : प्रधानमन्त्री ओली

 

फाइल फोटो 

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई मानव कल्याणसँग जोड्नुपर्ने बताएका छन् ।

राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  ‘बाँकी दुनियाँ अन्धकारमा रहेका बेला यही भूभागमा अनेकन आविष्कार भएका थिए । हामीले आफ्नो गौरवमय परम्पराको स्मरण गर्दै फेरि यहाँ विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुसीयालीसँग जोड्नु पर्दछ’, प्रधानमन्त्रीले जारी गरेको सन्देशमा भनिएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अंगीकार गरेको समेत सन्देशमा उल्लेख छ ।

त्यस्तै राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले  उपेक्षित हुनु नपर्ने समेत ओलीको भनाई छ । ‘नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकास सम्वन्धी नीतिमा समाहित गर्ने भावना अघि सारेको छ’, सन्देशमा भनिएको छ,  ‘सोही अनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, वौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे छ ।’

प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताउनु भएको छ । प्रधानमन्त्री ओलीको सन्देशमा नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोच बमोजिम वि.सं. २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन  वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गरेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage