scheduleमगलवार आश्विन २८ गते, २०७६

दक्षिणपन्थी गठबन्धनले बहुमत ल्याउन सकेन, प्रधानमन्त्री नेतान्याहुको भविष्य अनिश्चित

एजेन्सी, १ असोज । मंगलबार भएको इजरायली आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मध्य दक्षिणपन्थी गठबन्धनले सरकार गठनका लागि चाहिने ६१ सिटमा जित हासिल गर्न नसक्ने संकेत देखिएको छ ।

प्रारम्भिक मतसर्वेक्षण अनुसार नेतान्याहुको सत्तारुढ दल लिकुड पार्टी ब्लु एण्ड ह्वाइटभन्दा पछाडि पर्ने देखिएको छ । योसँगै इजरायली इतिहासमा नै लामो समय प्रधानमन्त्री बनेका नेतान्याहुको पुन : प्रधानमन्त्री बन्ने सपना अनिश्चित बनेको छ ।

इजरायलको निर्वाचन आयोगका अनुसार मंगलबार भएको आम निर्वाचनमा खसेको कूल मतमध्ये हालसम्म ३० प्रतिशत मत गणना भइसकेको छ । पछिल्लो मन परिणामले प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुको सत्तारुढ पार्टी लिकुडले र पूर्व सेना प्रमुख बेनी गान्ट्सको पार्टी ब्लु एण्ड ह्वाइटले समान सिट जित्ने संकेत गरेको छ । प्रारम्भिक मतपरिणाम अनुसार लिकुड पार्टीले ३१ सिटमा र ब्लु एण्ड ह्वाइटले ३२ सिटमा जित हात पार्ने अनुमान गरिएको छ ।

त्यस्तै जोइन्ट लिस्टले १२, शास एण्ड यिसरायल बेटेनुले ९, युटिजीले ८,  एमिनाले ७, लेबर गेसरले ६ तथा डेमोक्रेटिक युनियनले ५ स्थानमा जित हासिल गर्ने मत सर्वेक्षणले देखाएका छन् ।

योसँगै इजरायलमा मध्य बामपन्थी र मध्य दक्षिणपन्थीले क्रमश:  ५५ र ५६ स्थानमा जित हात पार्ने लगभग पक्कापक्की भएको छ । यो संख्या सरकार गठनका लागि आवश्यक पर्ने ६१ सिटभन्दा कम हो ।

इजरायलमा सरकार गठनका लागि ६१ वटा सांसद चाहिन्छन् । तर यसपटक पनि नेत्यान्याहुको दक्षिणपन्थी गठबन्धनले बहुमत ल्याउन नसक्ने भएपछि इजरायलको राजनीति पुन: संकटतिर धकेलिएको छ ।

यदि प्रधानमन्त्री नेतान्याहुले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने हो भने उनलाई मध्यबामपन्धी दलको समर्थन आवश्यक पर्छ । इजरायली इतिहासमा नै सबैभन्दा बढी समय प्रधानमन्त्री बनेको नेतान्याहु पाँचौ कार्यकालका लागि पुन: प्रधानमन्त्री बन्न चाहेका छन् ।

तर प्राय : जसो मध्यपन्थीले उनको नेतृत्वमा सरकारमा नजाने प्रस्ट पारिसकेका छन् । यता गान्ट्सले नेत्यान्याहुसँग सरकार गठनका लागि कुनै पनि हालतमा सहकार्य हुन नसक्ने बताएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage