scheduleमगलवार आश्विन २८ गते, २०७६

अमेरिकी विदेशमन्त्री साउदी अरबमा, ड्रोन हमलाबारे छलफल हुने

एजेन्सी, १ असोज । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदी अरब र संयुक्त अरब इमिरेट्स(युएई) को भ्रमण गर्ने भएका छन् ।

विदेशमन्त्री पोम्पेओले साउदी अरब र युएईको ३ दिने भ्रमणमा निस्कन लागेको अमेरिकी विदेशमन्त्रालयले जनाएको हो । सेप्टेम्बर १७ देखि १९ गते उनले दुबै देशका नेताहरुसँग छलफल गर्ने जनाइएको छ । यस क्रममा साउदी अरबको जेदाहमा पोम्पेओ र साउदी अधिराज कुमार मोहम्मद बिन सलमानबीच इरान र ड्रोन हमलाबारे छलफल हुने छ ।

त्यस्तै युएईका अधिराज कुमार शेख मोहम्मद बिन जायद अल नाहाएन र पोम्पेओबीच अबु धबीमा द्धिपक्षीय तथा क्षेत्रीय मुद्दाबारे छलफल हुने बताइएको छ ।

साउदी तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलापछि इरान र अमेरिकाबीचको तनाव थप चर्किएको छ ।

सोमबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानको हात हुन सक्ने बताइसकेका छन् । तर यही कारणले इरान र अमेरिकाबीच युद्धको संभावना कम रहेको उनको भनाइ छ ।

‘साउदी तेल प्रशोधन केन्द्रमा इरानले नै हमला गरेको जस्तो देखिन्छ’, ट्रम्पले भने, ‘तर उक्त आक्रमण इरानले नै गरेको हो भन्ने प्रमाण फेला परिसकेको छैन, त्यसैले हामीले भरपर्दो प्रमाण खोजिरहेका छौं ।’

अमार्को तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलाबारे अमेरिकाले प्रमाणहरु संकलन गरिरहेको समेत ट्रम्पले बताए । ‘केही दिनमा नै यसबारे भरपर्दो र विस्तृत विवरण संकलन गर्ने छौं’, ट्रम्पले भने ।

तर उक्त ड्रोन हमलामा इरानको हात रहेको भएता पनि अमेरिका र इरानबीच तत्काल युद्धको संभावना कम रहेको समेत ट्रम्पले प्रस्ट पारे । ‘ड्रोन हमलामा इरानले हात हुन सक्छ तर यही कारणले हामीले इरानसँग युद्ध गर्न चाहदैनौ’, उनले भने, ‘अमेरिका कसैसँग पनि युद्ध गर्न चाहदैन तर इरानले युद्ध चाहेको हो भने हामी तयार छौं ।’

साउदी अधिराज कुमार मोहम्मद बिन सलमानले उक्त आक्रमणको कडा जवाफ दिने बताइसकेका छन् । यता इरानी सैन्य कमाण्डरहरुले आफूहरु युद्धका लागि पूर्णरुपमा तयार रहेको बताइसकेका छन् ।

शनिबार अमार्को तेल कम्पनीका २ वटा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलापछि साउदी अरबले आफ्नो तेल उत्पादनमा ५० प्रतिशतले कटौती गरेको छ । उक्त घटनापछि विश्व बजारमा तेलको मूल्य २० प्रतिशतसम्म बढेको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage