scheduleबुधवार आश्विन २९ गते, २०७६

खाना पकाउने ग्यास समेत पाइपलाइनबाटै, पाइपलाइन चितवनसम्म आउने

काठमाडौं, १ असोज । सरकारले खाना पकाउले ग्यास (एलपिजी) समेत पाइपबाटै ल्याउने योजना बनाएको छ।

नेपाल आयल निगमले रक्सौलदेखि चितवनको लोथरसम्म एलपिजी ग्यासको पाइप बिच्छ्याउने योजना रहेको जनाएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल अनुसार बोर्डरदेखि चितवनको लोथरसम्म ९८ किलोमिटर रूटमा ग्यासको पाइप विछ्याउने योजना अघि बढाइएको छ।

इण्डियन आयल कर्पोरेसनले ग्यास पाइपलाइनको सर्भे गर्ने जिम्मा एमएस एसोसियसनलाई दिएको छ। निगमको आग्रहमा इण्डियन आयल कर्पोरेसनले पाइपलाइनको सर्भे गरेको होबोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटर दुरीमध्ये हालसम्म ९७ किलोमिटरमा पाइपलाइनको रेखाङ्कन गर्ने काम सकिएको छ।

गत बुधबारदेखि एमएस एसोसिएसनलाई सात चरणको अध्ययन गर्ने जिम्मेवारी दिइएको पौडेलले बताए । ‘त्यस क्षेत्रमा जनसंख्याको घनत्व र माटोको परीक्षण गर्ने काम सकिएको छ। साढे ६७ किलोमिटरमा निगमले विस्तृत इन्जिनियरिङको सर्भे पुरा गरेको छ’, निर्देशक पौडेलले भने।

निगमले लोथरमा खरिद गरेको २४ बिघा ९ कट्ठा जग्गामा ग्यासका लागि ४० हजार मेट्रिक टनको भण्डारण गृह निर्माण गरिरहेको छ। बोर्डरबाट चितवनको लोथरसम्म ल्याइएको ग्यासको पाइप उक्त ग्यास भण्डारण गृहमा जोडिने छ।

भारतको हल्दियाबाट मुज्जफरपुरसम्म अहिले ग्यास पाइपलाइनको विस्तार गर्ने काम भइरहेको छ। यो पाइपलाइन मोतिहारीबाट रक्सौलको बोर्डरसम्म आएपछि यसमै लोथरको पाइपलाइन जोडिने निगमले जानकारी दिएको छ।

त्यस्तै निगमले अमलेखगञ्जसम्म ल्याइएको तेलको पाइप निगमले चितवनको लोथरसम्म जोड्न सर्भे गरिरहेको छ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage