scheduleआइतवार कार्तिक ३ गते, २०७६

कांग्रेसको अवरोधपछि प्रदेशसभा ५ गतेसम्मका लागि स्थगित

विराटनगर, १ असोज । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बुधबार समेत प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

नेपाली कांग्रेसले प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक कार्यसूचीमा राखेपछि बुधबारको बैठक अवरुद्ध गरेको हो । कांगेसले लगातार दोस्रो दिन पनि बैठक अवरुद्ध गरेपछि असोज ५ गतेका लागि अर्को बैठक बोलाइएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक जारी अधिवेशनबाट हुबहु पारित गर्ने अडान लिएपछि नेपाली कांग्रेसले बैठक अवरोध गरेको हो । उक्त विधेयकका केही प्रावधान नसच्याएसम्म पारित गर्न नदिने अडान कांग्रेसले लिएको छ ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउने लगायतका प्रावधानहरु हटाउनु पर्ने माग गर्दै आएको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage