scheduleबुधवार आश्विन २९ गते, २०७६

डाँका मुद्दाका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

सिरहा, १ असोज । डाँका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय भोला मन्सुरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले डाँका मुद्दामा फरार रहेको मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

सिरहाको चन्द्र उदयपुर निवासी रहमत राई र जमाहिर मियाको जाहेरीको आधारमा जिल्ला अदालत सिरहाले २०७१ साल वैशाख ३० गते छ वर्ष कैद र एक लाख ८० हजार जरिवाना गरेको थियो ।

पक्राउ परेका मन्सुरीलाई जिल्ला अदालत सिरहामा बुझाउने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । रासस

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage