scheduleबुधवार आश्विन २९ गते, २०७६

सिरहा मिर्चैयाको मुसहर बस्तीमा मुक्तिनाथको राहत

राजेश राम/सिरहा, १ असोज । सिरहाको मिर्चैया नगरपालिका-४ मुसहर दलित बस्तिमा मुक्तिनाथ विकास बैंकले ४२ घरपरिवार बाढीपीडितलाई राहत वितरण गरेको छ । राहतमा प्रतिघर १० किलो चामल, १ किलो दाल, १ किलो नुन र १ थान झुल वितरण गरेको मुक्तिनाथ विकास बैंक मिर्चैयाका शाखा प्रबन्ध अरुणकुमार महतोले जानकारी दिए ।

दुई महिनाअघि अविरल वर्षाको कारण परेको डुबानका कारण हालसम्म यो बस्तीमाथि कसैको नजर पुगेको थिएन । वर्षाको पानी जमेर पुरै बस्ती दुर्गन्धित बनेको छ भने बस्तीमा प्रवेश गर्न पानीमै हेलिएर जानुपर्ने अवस्था छ ।

फोहोरको कारण बस्तीका मानिहरु धमाधम बिरामी परिरहेका छन् । बिरामीकै कारण सोमबार सनोज सदाको ११ महिनाको छोरा किरण सदायको मृत्यू भएको छ । सदायका एक छोरी र एक छोरा थिए ।

बस्तीमा पानी जमेर दुर्गन्धित भएको दुई महिना भइसक्यो तर वडा र नगरपालिकाले अहिलेसम्म कुनै पनि पहल नगरेको माल्ती सदायले गुनासो गरिन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage