scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्ने चेतावनी

काठमाडौँ, २ असोज । फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् ।

विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ड एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९१८ को फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म अपर्याप्त रहेको छ ।

शताबदीअघि ‘स्पेनिस फ्लु’को माहामारीबाट विश्वका एक तिहाइ जनसंख्या संक्रमित भएको र ५ करोड मानिसको मृत्यु भएको थियो । यदी यस्तै महामारी आजको विश्वमा फैलिएमा त्यसले अझै भयावह अवस्था ल्याउन सक्ने चेतावनी प्रतिवेदनमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage