scheduleबुधवार आश्विन २९ गते, २०७६

च्याम्पियन्स लिगः नेयमारबिनाको पिएसजी बलियो, रियल मड्रिड पराजित

काठमाडौँ, २ असोज । गएराति भएको च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पिएसजीले रियल मड्रिडविरुद्ध प्रभावशाली जित निकाल्न सफल भएको छ ।

स्टार खेलाडीबिना नै उत्रिएको पिएसजीले रियललाई ३-० गोलले पराजित गरेको हो ।

रियललाई पराजित गर्न पिएसजीका लागि एन्जल डि मारियाले दुई गोल गरे । एक गोल थोमस म्युनियरले गरे ।

पिएसजीका लागि खेलको १४ औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अग्रता दिलाए ।

खेलको ३३ औ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ३५ औँ मिनेटमा रियलका बेल पेनाल्टीमार्फत गोल गर्न चुके ।

दोस्रो हाफमा पनि रियल उत्तिकै प्रभावशाली खेल देखाउन सफल रह्यो । खेलको अन्तिम समयमा म्युनियरले गोल गरे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage