scheduleआइतवार कार्तिक ३ गते, २०७६

जंगली च्याउ खाएर सिकिस्त भएपछि…

झापा, २ असोज । झापामा कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा बिरामी भएर परिवारका सदस्य अस्पताल भर्ना भएका छन् ।

बुधवार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका २ छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही च्याउको तरकारी खाएका छिमेकीहरू ७१ वर्षीय दुर्गा जिमी राई र निजकी पत्नी ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage