scheduleमगलवार आश्विन २८ गते, २०७६

कश्मीरमा भारतविरोधी गतिविधि नगर्न इमरान खानको अपिल

एजेन्सी, २ असोज । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरमा हुने भारतविरोधी गतिविधिमा संलग्न नहुन पाकिस्तानी नागरिकलाई सचेत गराएका छन् ।

खानले बुधबार टोरखामा बोल्दै भारतविरोधी गतिविधिमा पाकिस्तानी नागरिक संलग्न भएमा सोही बहानामा भारतले काश्मिरी नागरिकमाथि थप दमन र धडपकड गर्ने बताएका हुन् । जम्मू-कश्मीरमा हुने भारतविरोधी गतिविधिमा पाकिस्तानी नागरिक संलग्न भएमा त्यसले काश्मिरी नागरिक नै समस्यामा पर्ने खानको भनाई थियो ।

‘यदि कुनै पाकिस्तानी नागरिकले भारत प्रशासित जम्मू-कश्मीरमा भएर भारतविरुद्ध गतिविधि गर्‍यो भने त्यसको पहिलो शिकार काश्मिरी नागरिक हुनेछन्’, खानले भने, ‘यस्तो गतिविधिमा संलग्न व्यक्तिले काश्मिरी नागरिकविरुद्ध काम गरेको साबित हुनेछ ।’

त्यस्तै भारतले जम्मू-कश्मीरमा दमन गर्ने बहाना खोजिरहेको भन्दै खानले भने, ‘हाल जम्मू-कश्मीरमा ९० हजार भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ र भारतले त्यहाँका नागरिक आफ्नो साथमा छन् र आतंकवादीहरु पाकिस्तानबाट आइरहेका छन् भनेर देखाउन चाहन्छ ।’

‘यदि जम्मू-कश्मीरमा कुनै आतंकवादी गतिविधि भए त्यसको दोष पाकिस्तानलाई दिन्छ र सोही बहानामा दमन र अत्याचार गर्नेछ’, खानले थपे ।

भारतले जम्मू-कश्मीरमा लगाएको कर्फ्यु नहटाएसम्म र अनुच्छेद ३७० खारेज गर्ने कदमबाट पछि नहटेसम्म मोदी सरकारसँग आफूले वार्ता नगर्ने समेत खानले प्रस्ट पारे ।

पछिल्लो समय भारत र पाकिस्तानबीच वाकयुद्ध बढेको छ । जम्मू-कश्मीरमा हुने आतंकवादी गतिविधिमा पाकिस्तानको हात रहेको भारतको आरोप छ । तर पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

अत अगस्ट ५ मा भारतीय सरकारले जम्मू-कश्मीरलाई दिँइदै आएको विषेशाधिकार खारेज गरेपछि भारत र पाकिस्तानबीचको तनाव गहिरिँदै गएको छ । आणविक शक्ति सम्पन्न दुबै मुलुकबीच तनाव चर्किँदै जाँदा यसले क्षैत्रीय शान्तिमा खलल पुर्‍याउन सक्ने चिन्ता समेत बढेको छ ।

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage