scheduleबुधवार आश्विन २९ गते, २०७६

सडकमा सुत्ने मानिसका कारण अमेरिकाको बेइज्जत भयो : डोनाल्ड ट्रम्प

एजेन्सी, २ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबारविहीन र सुकुम्बासीका कारण अमेरिकाको बेइज्जत भएको बताएका छन् ।

मंगलबार क्यालिफोर्नियामा बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । अमेरिकाका सुन्दर र भव्य राजमार्ग, सडक र भवनको अगाडि सुकुम्बासी र घरबारविहीन सुत्नाले अमेरिकाको शान खस्किएको उनको भनाइ छ ।

घरबारविहीनको समस्या समाधान नभए सानफ्रान्सिस्को जस्ता शहर कुरुप हुँदै जाने समेत ट्रम्पको भनाइ छ । सान फ्रान्सिस्कोमा मात्रै १० हजार मानिसहरु सडकमा सुत्ने गर्छन् ।

त्यस्तै अमेरिकाको शान र इज्जत आप्रवासीका कारण खस्किरहेको समेत ट्रम्पले बताए । ‘अन्य मुलुकबाट अमेरिका आउने आप्रवासीहरु  शान र सुन्दरताका कारण लस एन्जेलेस र सान फ्रान्सिस्को जस्ता शहरमा बस्छन्, ‘तर उनीहरुकै कारण सुन्दर र भव्य शहर टेन्टले भरिन पुग्छन् ।’

‘भव्य महल र भवन अगाडि सैयौं टेन्ट र सुतिरहेका मानिसहरु देखेर लस एन्जेलेस र सान फ्रान्सिस्कोका प्रतिष्ठित व्यक्तिहरु वाक्क भइसकेका छन्’, ट्रम्पले थपे ।

अमेरिकाले भोगिरहेको सुकुम्बासी र घरबारविहीनको समस्या समाधान गर्न आफू लागिरहेको समेत राष्ट्रपति ट्रम्पले बताए । ‘यो समस्यालाई अध्ययन गरिरहेका छौं’, उनले भने, ‘र यसलाई समाधान गर्ने योजना बनाइरहेका छौं ।’

अमेरिकाभर करिब २ लाख मानिसहरु सडकमा नै सुत्ने गर्छन् । यसमध्ये १८ प्रतिशत मानिसहरु जीवनभर सडकमा नै सुत्ने गर्छन् ।  हरेक ५८८ अमेरिकीमध्ये १ जना अमेरिकी मानिस घरबारविहीन रहेको तथ्याङ्कले देखाउँछ ।  त्यस्तै घरबारविहीनमध्ये ७ प्रतिशत मानिस २५ वर्षमुनिका युवायुवती रहेका छन्  भने ७ प्रतिशत वृद्धवृद्धा छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage