scheduleमगलवार आश्विन २८ गते, २०७६

चर्चित पोर्न स्टार जेसिका जेमिसको निधन

एजेन्सी, २ असोज । चर्चित पोर्ट स्टार जेसिका जेमिसको निधन भएको छ । ४३ वर्षको उमेरमा उनको निधन भएको हो ।

मंगलबार लस एन्जेलसस्थित आफ्नै निवासमा जेमिस मृत फेला परेकी थिइन् । हृदयघातका कारण उनको निधन भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

जेसिकाको जन्म सन् १९७६ मा अलास्कामा भएको थियो । पोर्न इन्डस्ट्रीमा प्रवेश गर्नुपूर्व जेसिकाले ३ वर्षसम्म शिक्षकको रुपमा काम गरेकी थिइन् । सन् २००२ देखि पोर्न फिल्ममा खेल्न थालेकी जेसिका र फिल्म निर्माण कम्पनी हस्लरबीच सन् २००४ मा सम्झौता भएको थियो । त्यसको १ वर्षपछि नै सन् २००५ मा उनलाई ‘हनी अफ द यिएर’ घोषणा गरिएको थियो । त्यसपछि उनी आफ्नो वेभसाइटमा निकै सक्रिय बन्दै आएकी थिइन् ।

झण्डै २३६ वटा फिल्ममा देखा परिसकेकी जेसिका स्पिजू  नामक पोर्न फिल्म स्टुडियोकी सहसंस्थापक समेत हुन् । उनले पोर्नको अलवा विड्स र सेलिब्रिटी रिहाब सोबर हाउस जस्ता चर्चित शोमा समेत सहभागी भएकी थिइन् ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage