scheduleआइतवार कार्तिक ३ गते, २०७६

हुवावेले सुरु गर्‍यो अहिलेसम्मकै उच्च गतिको एआई ट्रेनिङ सेन्टर

एजेन्सी, २ असोज । चीनको प्रख्यात कम्पनी हुवावेले विश्वकै सबैभन्दा तीव्र गतिको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)  सेन्टर सुरु गरेको छ ।

बुधबार शांघाईमा आयोजित कम्पनीको वार्षिक सम्म‍ेलनमा विश्वकै सबैभन्दा तीव्र गतिको एआई सेन्टर सुरु गरेको हो ।

हुवावेले बुधबार सुरु गरेको सेन्टरको नाम एटलास ९०० दिइएको छ । यो नै हालसम्म कै तीव्र गतिको एआई ट्रेनिङ सेन्टर भएको कम्पनीले जनाएको छ । उक्त ट्रेनिङ सेन्टरले हजारौं एसेन्ड चिप्सलाई एकै ठाउँमा ल्याउन सक्छ र कैयौं महिना लाग्ने कामलाई केही सेकेण्डमा नै गर्न सक्छ ।

हुवावेका उपाध्यक्ष हु केकुङका अनुसार एटलासको गति यसअघिको कम्प्युटिङ प्रणाली भन्दा १० गुणा बढी हो । नयाँ एआई सेन्टरले रेसनेट-५० नामक मोडेललाई ५९. ८ सेकेण्डमा पूरा गरेको थियो । यो दर यसअघिको रेकर्ड गरिएको दरभन्दा १० गुणा बढी हो ।

एटलास ९०० लाई वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्न सकिने र यसले व्यापारमा नवीनता ल्याउने कम्पनीले बताएको छ । ब्रम्हाण्डको खोज र इन्धन खोजमा यसलाई प्रयोग गर्न सकिने उपाध्यक्ष हुले बताए ।

हुवावेले एटलास ९०० मार्फत कम्पनीसँग आवद्ध वैज्ञानिक संघसस्था तथा विश्वविद्यालयले तीव्रगतिका एआई प्रयोग गर्न सक्ने हुको भनाइ छ ।

हुवावेले १० वर्षदेखि कम्प्युटिङको क्षेत्रमा लगानी गर्दै आएको उपाध्यक्ष हुले बताए । मानिसले हुवावेले कनेक्टिभिटी प्रविधिलाई बढी जोड दिएको सोच्ने गरेपनि कम्पनीले यसबाहेक अन्य क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आएको उनको भनाई छ ।

सबै क्षेत्रको आवश्यकता पूरा हुने गरी हुवावेले एआई कम्प्युटिङ प्रणालीमा लगानी बढाउने, नयाँ संरचनाबारे अध्ययन गर्ने र नयाँ प्रोसेसर विकास गर्ने भन्दै हुले भने, ”भविष्यका एआईसँग कनेक्टिभिटी र कम्प्युटिङ क्षमता दुबै चाहिन्छ ।’

त्यस्तै हार्डवेयर र सफ्टवेयरसम्बन्धी कम्प्युटिङ रणनीति समेत विकास गर्ने हुको भनाइ छ ।

हुवावेले आगामी ५ वर्षभित्र आफ्नो डेभेलोपर प्रोग्राममा १.५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । सन् १०१५ मा हुवावेले ल्याएको डेभेलोपर प्रोग्रामबाट विश्वभर १३ लाखभन्दा बढी डेभेलोपर र १४ हजार सफ्टवेयर बिक्रेता लाभान्वित भएका छन् । यो प्रोग्रामबाट सन् २०२४ सम्ममा झण्डै ५० लाख डेभेलोपरहरु लाभान्वित हुने कम्पनीले लक्ष्य राखेको छ ।

एआईको युगमा कम्प्युटिङ क्षमताको माग बढिरहेको र स्टाटिस्टिकल कम्प्युटिङ प्रणाली नै विश्वभर प्रयोगमा आउने हुले बताए । ‘अबको ५ वर्षभित्रमा एआई कम्प्युटिङले नै ८० प्रतिशत काम गर्ने हामीले अनुमान गरेका छौं’, उनले भने ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage