scheduleबुधवार आश्विन २९ गते, २०७६

१८ अंकले घट्यो नेप्से

काठमाडौं, २ असोज । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशमलव १२ अंकले घटेको छ।

यो सातामा कारोबारमा आइतबार र सोमबार नेप्से दोहोरो अंकले घटेको थियो भने मंगलबार र बिहीबार उच्च अंकले बढेको थियो।

बिहीबार फेरि घटेसँगै नेप्से परिसूचक १ हजार १ सय ५५ दशमलव ३० अंकमा कायम भएको छ।

धितोपत्रमा सूचीकृत भएका ‘क’ वर्गका कम्पनीको मात्र परिसूचक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४९ अंकले घटेसँगै ५ सय ५२ दशमलव २१ अंकमा कायम भएको छ।

बिहीबार १ सय ६६ वटा कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ कित्ता सेयर ७ हजार ५ सय ३५ पटक खरिद बिक्री हुँदा ३९ करोड ९९ लाख ३० हजार ८ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर किनबेचका आधारमा भने प्रभु बैंकको १ लाख ३९ कित्ता सेयर किनबेच भएको छ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage