scheduleबुधवार आश्विन २९ गते, २०७६

फिफा वरीयतामा नेपालको प्रगति, पाँच स्थान माथि उक्लियो

काठमाडौं, २ असोज । विश्व फुटबल महासंघ (फिफा) ले जारी गरेको नयाँ वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोलीको स्थानमा सुधार आएको छ ।

फिफाले जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १ सय ६१ औं स्थानमा छ । यसअघिको वरीयतामा १ सय ६६ स्थानमा रहेको नेपाली फुटबल टोली ५ स्थान माथि उक्लिएको हो। नेपाल ९ सय ९९ अंकसहित माथि उक्लिएको हो ।

दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत एक स्थान तल झर्दै १ सय ४ औं स्थानमा छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५३ औं स्थानमा छ । नेपालपछि भुटान १ सय ८५ औं स्थानमा छ । ५ स्थान खसेको बंगलादेश १ सय ८७ औं स्थानमा छ । २ सय २ औं स्थानमा श्रीलंका र २ सय ३ औं स्थानमा पाकिस्तान रहेका छन् ।

एसियाली देशहरुमा इरान सबैभन्दा माथिल्लो स्थानमा छ। १५२२ अंक पाएको इरान तालिकाको २३ औं स्थानमा छ। त्यस्तै, जापान ३१ औं स्थानमा र दक्षिण कोरिया ३७ औं स्थानमा रहेका छन्।

फिफा वरीयताको शीर्षस्थानमा १७५२ अंकसहित बेल्जियम रहेको छ। त्यस्तै, दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः फ्रान्स, ब्राजिल र इङ्ल्यान्ड रहेका छन्।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage