scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

विप्लवका कास्की सेक्रेटरीसहित ३ जनालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं,  २ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको इजलाशले भण्डारी, काजी गुरुङ र मिलन राईलाई जेठ २५ गते देखि गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न आदेश गरेको हो। अदालतको रजिष्ट्रारको रोहबरमा उनीहरुलाई रिहा गर्न सर्वोच्चले भनेको हो।

Dish_Home

उनीहरुलाई पछिल्लो पटक असारमा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको थियो। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका विप्लव नेकपाको चार कार्यकर्तालाई प्रहरीले पुन पक्राउ गरेको थियो।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय