scheduleबिहिवार आश्विन ३० गते, २०७६

भिभिआइपीले चढ्ने डेढ अर्बको हेलिकप्टर काठमाडौं आइपुग्यो, यस्ता छन् विशेषता

काठमाडौं, २ असोज । उच्च पदस्थ व्यक्तिहरू (भिभिआईपी) सवारीका लागि भनेर नेपाल सरकारले किनेको हेलिकप्टर काठमाडौं आइपुगेको छ ।

भिभिआई चढ्नका लागि किनिएको एडब्लु१०९एसपी (AW109SP) नामक उक्त हेलिकप्टर बुधबार काठमाडौं आइपुगेको हो । नेपाल सरकारले यो हेलिकप्टरलाई १ अर्ब ४० करोडमा किनेको हो ।

अत्याधुनिक प्रविधि जडान गरिएको AW109SP लाई नेपाली सेनाले सञ्चालन गर्ने भएको छ । स्वामित्व र सञ्चालन सेनाको हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।

नेपाली सेनाका अन्य हेलिकप्टरभन्दा यसको रंग फरक हुने छ । यो हेलिकप्टर सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ। बढीमा ८ सिट हुने यो हेलिकप्टरमा भिभिआइपी प्रायोजनका लागि सिट घटाउन सकिने छ।

यस्ता छन् एडब्लु१०९एसपीका प्रमुख विशेषताहरु :

अति सुरक्षित मानिने एडब्लु१०९एसपी विश्वमा नै चर्चित हेलिकप्टर मानिन्छ । एडब्लु१०९एसपी हेलिकप्टरलाई इटालियन कम्पनी लिओनार्डोले निर्माण गरेको हो । यो हेलिकप्टरमा २ वटा इन्जिन जडान गरिएको छ ।

उडानका दृष्टिले अति सुरक्षित र भरपर्दो मानिने एडब्लु१०९एसपीमा नवीन तथा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यो हेलिकप्टरले बढीमा ८ जनासम्म यात्रु बोक्न सक्छ ।

त्यस्तै हेलिकप्टरमा रहेको फराकिलो र स्लाइडिङ ढोकाले ओर्लन र झर्न सजिलो हुने गर्छ । साथै यात्रुलाई सजिलो होस् भनेर हेलिकप्टरमा बढाउन/घटाउन मिल्ने भर्‍याङ जडान गरिएको छ ।

यसबाहेक, हेलिकप्टरमा यात्रुका सरसामान राख्नका लागि विशेष स्थानको व्यवस्था छ । हेलिकप्टरमा रहेको लगेज कम्पार्टमेन्टमा यात्रुले निजी सामान राख्न सक्छन् । यसको ककपिट समेत पाइलटका लागि सहज छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage