scheduleशनिवार कार्तिक २ गते, २०७६

आत्महत्या दुरुत्साहन गरेको भन्दै ६ महिना कैद

चितवन, २ असोज । आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला अदालत चितवनले कैद फैसला गरेको छ । मुद्धा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा लिएको छ ।

२०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्वर २ मा एक युवतीले आत्महत्या गरेकी थिइन् । छोरीको आत्महत्या नभई आत्महत्या गर्न प्रेरित गरेको भन्दै माइती पक्षकी आमा दुर्गादेवी थापा बस्नेतले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मुद्दामा एक आरोपितलाई ६ महिना कैद र अन्य तिन आरोपीतलाई सफाई दिएको छ । मुद्धा परेको ६ महिना पछि अदालतले यस मुद्दाको टुंगो लगाएको हो । यस घटनामा मृतकले कुनै सुसाइड नोटसमेत नबनाएको अदालतले जनाएको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage