scheduleबुधवार आश्विन २९ गते, २०७६

युरोपा लिग: स्पेनिस क्लब सेभियाको सहज जित

काठमाडौँ, ३ असोज । गएराति भएको युरोपा लिगको समुह चरणको पहिलो खेलमा स्पेनिस क्लब सेभियाले काराबागलाई ३-० गोलले पराजित गरेको छ ।

पहिलो हाफमा काराबागले सेभियालाई रोक्न सफल भए पनि दोस्रो हाफमा सेभियाले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । सेभियाका लागि खेलको ६२ औँ मिनेटमा जाभियर हर्नानडेजले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ७८ औँ मिनेटमा मुनिर इल हदादीले गोल गरे ।

दुई गोलको अग्रता बनाएको सेभियालाई काराबागले रोक्न सकेन । खेलको ८५ औँ मिनेटमा ओलिभर टोरेजले गोल गरे । यो जितसँगै सेभियाले पहिलो खेलमा महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।

यसै समुह ए को अर्को खेलमा एपोल निकोसियालाई एफ१९ ले ४-३ गोलले पराजित गर्न सफल भएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage