scheduleबुधवार आश्विन २९ गते, २०७६

युरोपा लिगः १० जनामा सिमित फ्रांकफर्टले आर्सनललाई रोक्न सकेन

काठमाडौँ, ३ असोज । गएको सिजन युरोपा लिगको फाइनलमा चेल्सीसँग पराजित आर्सनल यस सिजन पुर्ण तयारीसाथ युरोपा लिग जित्ने दाउमा रहेको छ । गएराति भएको खेलमा प्रिमियर लिग क्लब आर्सनलले फ्रेन्च क्लब इनट्राच्ट फ्रांकफर्टलाई ३-० गोलले पराजित गरेको छ ।

प्रिमियर लिगमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकिरहेको आर्सनललाई यो जितले राहत दिएको छ ।

१० जनामा सिमित फ्रांकफर्टले आर्सनललाई रोक्न सकेन ।

आर्सनलका लागि खेलको ३८ औँ मिनेटमा जोसेफ विललकले गोल गर्दै अग्रता दिलाए ।

तर, खेलको ७९ औँ मिनेटमा फ्रांकफर्टका डोमिनिक कोहर रातो कार्ड खाँदै मैदान छोडे ।

खेलको ८५ औँ मिनेटमा आर्सनलका लागि बुकायो साकाले गोल गरे । खेलको ८८ औँ मिनेटमा पेरिक इमरिक आयुमयाङले गोल गरे । यो जितसँगै आर्सनलले तीन अंक जोड्न सफल भएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage