म्यानचेस्टर युनाइटेडको कठिन जित
काठमाडौँ, ३ असोज । गएराति भएको युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले एफसी अस्टानालाई १-० गोलले पराजित गरेको छ ।
कठिन जित हात पारेको म्यानुका लागि म्यासन ग्रिनउडले गोल गरे ।
खेलको पहिलो हाफमा अस्टानाले म्यानुलाई रोकेको थियो ।
तर, दोस्रो हाफको ७३ औ मिनेटमा म्यानसले गोल गर्दै उनले अग्रता दिलाए । यो जितसँगै म्यानुले तीन अंक जोडेको छ ।