scheduleसोमवार जेष्ठ १९ गते, २०७७

रियलमा जिदानको जादुले काम गरेन

काठमाडौँ, ३ असोज । रियल मड्रिडले यस सिजन स्टार खेलाडीहरु अनुबन्ध गरेको थियो । यस सिजन प्रशिक्षक जिनेदिन जिदान जिम्मेवारीका कारण पक्कै पनि क्लबले उत्कृष्ट सुरुवात गर्ने अपेक्षा पनि उत्तिकै थियो ।

तर, च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित हुन पुगेपछि उनी आलोचित हुन थालेका छन् ।

Dish_Home

उनले रियल मड्रिडलाई तीनपटकसम्म लगातार च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका थिए ।

तर, टिममा धेरै परिवर्तन आएसँगै खेलस्तर पनि खस्किएको बताइएको छ ।

रियलमा जादु नै गरेको मान्नेहरु पनि जिदानप्रति सही सद्भाव देखाउन सकिरहेका छैनन् ।

३०० मिलियनभन्दा बढी खर्च गरी खेलाडीहरु अनुबन्ध गरेको रियलको नतिजा यस्तै रहेमा क्लबले नयाँ प्रशिक्षक खोज्ने समेत बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार ला लिगामा पनि रियलको खेल सन्तोषजनक रहेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय