scheduleशनिवार कार्तिक २ गते, २०७६

आज चौथो संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं, ३ असोज ।  आज चौथो संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी उत्सवको रुपमा मनाइँदैछ । संविधानसभाबाट संविधान जारी भएको असोज ३ गतेलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाउने गरिएको छ । नयाँ संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो । दिवसको दिन तीनवटै सरकार मातहतका कर्मचारीलाई राष्ट्रिय झन्डा लिएर आज बिहानको प्रभातफेरीमा अनिवार्य सहभागी हुन निर्देशन भएको छ । स

ङ्घ, प्रदेशसहित स्थानीय तहका सबै कर्मचारी हातहातमा राष्ट्रिय झन्डा लिई प्रभातफेरी हुँदै मूल समारोह समितिको कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने गृह मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानी काठमाडौँमा विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहने जनाइएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज प्रदर्शन, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ ।

सरकारी तथा निजी क्षेत्रले पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । गृहको पत्राचारअनुरूप सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस व्यापक बनाउन देशभरका स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्री लालबाबु पण्डितले  बताए । स्वीकृत कार्यक्रमअनुसार संविधान दिवसको अघिल्लो दिन बिहिबार काठमाडौँ उपत्यकाभित्रका सबैका सरकारी कार्यालयसहित महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा र ब्यानर सजाएका छन् ।

दिवसको अवसरमा नेपाली सेनाले बिहानै तोप पड्काएको छ भने अस्पताल, बाटिका, सङ्ग्रहालयहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् । सरकारले भव्य रुपमा संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा छन् । मधेसी दल तथा केही सङ्गठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने यसअघि नै घोषणा गरेका छन् ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage