scheduleबुधवार आश्विन २९ गते, २०७६

कर्मचारी पदपूर्तिका लागि प्रदेश २ ले आवेदन खुलाउने

काठमाडाैं, ३ असोज ।  प्रदेश नम्बर दुईमा कर्मचारीका लागि आवेदन खुलाउने तयारी सुरु भएको छ । मुलुक सङ्घीय संरचनामा गएपछि सबैभन्दा पहिले लोक सेवा आयोग गठन गरेको प्रदेश २ मा अध्यक्षले पदभार ग्रहण गरेपछि कर्मचारी अभावको समस्या समाधान गर्ने उद्देश्यले काम सुुरु गरिएको हो ।

प्रदेश २ को लोक सेवा आयोगको अध्यक्षमा सुरेन्द्रप्रसाद यादवले पदभार ग्रहण गरेसँगै कामको प्रक्रिया अघि बढाइएको हो ।  लोक सेवा आयोग प्रदेश २ का अध्यक्ष यादवले जतिसक्दो चाँडो कर्मचारी अभाव पूर्तिका लागि आवेदन खुलाउने तयारी भइरहेको बताए ।

उनले कर्मचारीलाई सुशाशन कायम गर्नेगरी काम गर्नुपर्ने भन्दै नागरिकका समस्यालाई सहज रुपमा समाधानका लागि आग्रहसमेत गरे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage